काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुदैछन्। पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे आबुधाबीमा सुरु हुनेछ।
पहिलो खेलमा कोलकत्ता नाइट राइडर्सले अंकतालिकाको पुछारमा रहेको किंग्स इलेवेन पञ्जावसँग प्रतिस्पर्धा गर्नेछ। यो जारी सिजनको २५ खौँ खेलसमेत हो।
सिजनमा लगातार चार हार व्यहोरेको पञ्जाबलाई खेल जित्नै पर्ने दबाब छ। यता कलकत्ताले पछिल्लो खेलमा चेन्नईलाई हराएपछि उसको मनोबल उच्च भएको छ। पोइन्ट टेबलमा पनि कलकत्ता चौथो नम्बरमा छ।
त्यसैले आजको खेलमा दुवै टिम जितसहित अंकतालिकामा स्थान सुधार गर्ने लक्ष्यका साथ मैदान प्रवेश गर्नेछन्।
आईपीएल इतिहास हेर्ने हो भने कोलकत्ता र पञ्जाबबीच २५ खेल भएका छन्। जसमा कोलकत्ताले १७ जित निकालेको छ भने पञ्जाबले ८ खेलमा मात्र सफलता पाएको छ।
आबुधाबीमा आज आकाश सफा रहनेछ भने तापक्रम २४ देखि ३९ डिग्रीबीच रहनेछ।
सम्भावित सेट :
कोलकत्ता : दिनेश कार्तिक (कप्तान), शुभमन गिल, राहुल त्रिपाठी, नितिश राणा, इयोन मोर्गन, पैट कमिन्स, आन्द्रे रसेल, सुनिल नरेन, शिवम् मावी, कमलेश नगरकोटी, वरुण चक्रवर्ती
पञ्जाब : लाकेश राहुल (कप्तान), प्रभसिमरन सिंह, मयंक अग्रवाल, मनदीप सिंह, निकोलस पुरन, ग्लेन म्याक्सवेल, हर्शदिप सिंह, अवि विश्नोइ, मुजिब उर रहमान, मोहम्मद शामी, शेल्डन कटरेल
दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किंग्स भिड्दै
दुबई रंगशालामा हुने २५ औं खेलमा बैंगलोर र चेन्नई भिड्दैछन्।
बैंगलोरको प्रदर्शन अहिलेसम्म ठिक रहेको छ तर चेन्नईविरुद्ध उसको रेकर्ड भने राम्रो छैन। तर त्यही चेन्नईले जारी सिजनमा उत्कृष्ट खेल प्रदर्शन गर्न सकेको छैन।
आजको खेलमाबट दुबै टिम जितका साथ अंकतालिकामा सुधार गर्ने लयमा हुनेछन्।