शनिबार, कात्तिक २९, २०८२

 ‘सिन्धुली गढी’ बजारमा 

लोक दोहोरी गीत सार्वजनिक हुने मेलोमा शन्ति बस्नेत (बलराम)को ‘सिन्धुली गढी’ बोलको गीत बजारमा आएको छ। 
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं- लोक दोहोरी गीत सार्वजनिक हुने मेलोमा शन्ति बस्नेत (बलराम)को ‘सिन्धुली गढी’ बोलको गीत बजारमा आएको छ। 

National life

ठेट काँटे भाकामा बनाइएको गीत भर्खरै बजारमा आएको हो। झर्रो नेपाली शब्दमा रचिएको गीतमा धेरै समयपछि सिन्धुली गढीको सम्झना समेटिएको छ।  
सिन्धुली गढी’ गीतका शब्दले ठाउँविशेषलाई झल्काउँछ। गीत सुन्दा सिन्धुली गढीको झल्को ताजा बनाउँछ।   

गीतका शब्द, भाका र गायनशैली पनि निकै कर्णप्रिय छन्। सिन्धुलीको दूर्गम गाउँ बालाजोरमा जन्मिएका शन्ति बस्नेत (बलराम) ले गीतका शब्द लेखेका हुन्।  

शब्द रचाना गरे पनि गीतका रुपमा बजारमा आएको यो उनको पहिलो गीत हो।  

गीतमा मेलिना राई र रामकुमार नेपालीले स्वर दिएका छन्। गीतको भिडियो निर्देशन केशव सापकोटाको गरेका हुन्। गीतमा मोडल अञ्जली अधिकार र काजिस्ट श्रेष्ठको अभिनय गरेका छन्।     
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 10, 2020| 06:17 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्