बुधबार, चैत ४, २०८२

फ्रेन्च ओपनले महिलातर्फ इतिहासकै नयाँ विजेता पाउने

फ्रेन्च ओपनले इतिहासकै नयाँ विजेता पाउने भएको छ। 
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं- फ्रेन्च ओपनले इतिहासकै नयाँ विजेता पाउने भएको छ। 

National life

अमेरिकन स्टार सोफिया केनिन र पोलिस टिनएजर इगा स्विटेक फाइनलमा पुगेपछि फ्रेन्च ओपनले नयाँ विजेता पाउने भएको हो।

चौथो वरियताकी २१ वर्से केनिनले यही वर्षको सुरुमा अष्ट्रेलियन ओपन जितेर फ्रेन्च ओपनमा पनि बलियो दाबेदारी पस्किएकी छन्। 

‘म अब नयाँ पाइला चाल्न चहान्छु, मलाई अघि बढ्न मनपर्छ,’ उनले सेकिफाइनल खेलपछि भनिन्।

केनिनले  सेमिफाइनलमा पेट्रा केवितोवालाई हराउँदै फाइनल प्रवेश गरेकी हुन्।

Laxmi sunrise bank
kumari

त्यस्तै, विश्व महिला टेनिस वरियतामा ५४ औं स्थानकी स्विटेक ४३ वर्षयताकै कम उमेरमा ग्राण्स्लम फाइनल पुग्ने खेलाडी हुन्। 
‘म फाइनलसम्म पुग्छु भनेर सोचेको पनि थिइनँ, इट्स क्रेजी,’ उनले भनिन्।

स्विटेक उमेरले १९ वर्षकी खेलाडी हुन्। उनले चौथो राउन्डमा विश्व नम्बर वान सिमोना हालेपलाई हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेकी थिइन्। उनले हालेपलाई २–० को साझो सेटमै हराइन्।

त्यस्तै क्वार्टरफाइनलमा मार्टिना ट्रिविसनलाई पनि २–० कै सेटमा हराएर सेमिफाइनल प्रवेश गरिन्। 

त्यस्तै, सेकिफाइनल खेलमा उनले नादिया पोद्रोस्कालाई ६–२ र ६–१ को सेटमा हराउँदै फाइनल प्रवेश गरकी हुन्।
उनी यो वर्षका प्रतियोगिताहरूमा पर्फममा थिइनन्। जस गर्दाले उनको फाइनलको यात्रामा दबाब बढेको छ। 

तर उनको सफलताले अचम्भित नबनाएको प्रशिक्षक पिओतर सिर्जप्तोस्की बताउँछन्। 

‘उनी बाइचान्स फाइनल पुगेकी होइनन्। १९ वर्षकै भए पनि उनले लामो समयबाट टेनिसमा कडा मेहेनेत गरिरहेकी छन्। र, लगातार सफलता हात पार्दै जाने क्रममा छिन्।’

स्विटेकले फाइनल खेल्न पाउँदा एउटा ठूलो सपना साकार भएको बताएकी छन्।

चोटका कारण उपाधि दावेदार सेरेना विलियम्स प्रतियोगिताकै बीचबाट बाहिरिएकी थिइन् । भने यूएस ओपन विजेता नाओमी ओसाका पनि चोटका कारण प्रतियोगितामा सहभागी भएकी थिइनन्।

फाइनल खेल आज(शनिबार) साँझ पौने ७ बजे सुरु हुँदैछ।
 

प्रकाशित: Oct 10, 2020| 03:09 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।