आइतबार, असार २८, २०८३

बार्सिलोनाको व्यवहार देखेर रोएका थिए सुवारेज

उरुग्वेयन फरवार्ड लुइस सुवारेजले बार्सिलोनाको व्यवहार देखेर रोएको बताएका छन्। 
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं- उरुग्वेयन फरवार्ड लुइस सुवारेजले बार्सिलोनाको व्यवहार देखेर रोएको बताएका छन्। 

उनलले एट्लेटिको मड्रिडमा अनुबन्ध हुनुअघि बार्सिलोना बोर्ड र प्रशिक्षक रोनाल्ड कोम्यानको व्यवहार देखेर रोएको बताएका हुन्।

उनी ६ वर्षको बसाइपछि सेप्टेम्बरमा बार्सिलोनाको क्याम्प नाउबाट वान्डा मेट्रापोलिटानो पुगेका हुन्। 

उनले एट्लेटिको मड्रिड प्रस्थान गर्नुअघि नै मुख्य टिममा अभ्यास गर्नबाट रोक लगाइएको बताएका छन्।

‘तिं दिनहरू धेरै गाह्रो थिए। म जे कुरासँग गुज्रिरहेको थिएँ त्यसका लागि म धेरै रोएँ,’ ३३ वर्षे फरवार्ड सुवारेजले भने, ‘मलाई सबै तवरले चोट पुगेको थियो। तर एक पक्षले त यसको सामना गर्नैपर्ने थियो। खेलचक्रको अन्तिम अवस्थामा एक पक्षले यस्तो व्यहोर्नै पर्ने रहेछ।’

सुवारेज सन् २०१४ मा लिभरपुल छोडेर स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध भएका हुन्। बार्सिलोनाले त्यतिबेला उनलाई ७४ मिलियन पाउन्ड खर्च गर्यो। 
उनले पनि त्यसको मूल्य चुकाए, १९८ गोलका साथ तेस्रो अल टाइम गोल स्कोररसमेत बने।

उनले क्लबबाट चार ला लिगा, चार घरेलु कप र एक च्याम्पियन्स लिगसमेत जिते। 

पछिल्लो सिजनमा ६ वर्षकै कम अर्थात् २१ गोल गरे। तर पनि बार्साको प्रि–सिजनमा समावेश हुन नपाउँदा एक वर्ष सम्झौता बाँकी रहँदै एट्लेटिको मड्रिड गएका हुन्।

एट्लेटिकोले उनलाई ६ मिलियन यूरोमा किनेको हो। तर बार्सिलोनाका प्रशिक्षक जोसेम मरिया बर्टोमेउ उनलाई स्पेनिस शीर्ष डिभिजन क्लबमा बेच्न चहँदैन थिए। 

अर्कै देश पठाउन चहान्थे। तर प्रशिक्षक कोम्यानसँगको वार्तापालपछि उनी ला लिगा क्लब एट्लेटिको नै गए।

‘अन्तिममा क्लबले मेरो लागि जे निर्णय गरिरहेको थियो मैले त्यो मानिनँ,’ एट्लेटिकोमा तीन खेलबाट दुई गोल गरिसकेका सुवारेजले भने, ‘के भइरहेको छ भनेर सबैलाई थाहा थिएन तर नराम्रो कुरा चाहिँ अभ्यासमा गएर पनि समूहमा अभ्यास गर्न पाएनँ। मलाई अर्कै समूहमा पठाए। किनेभने मलाई मुख्य समूहमा अभ्यास गर्न दिइएको थिएन्।’

उनले थपे, ‘मेरी श्रीमतीले देखेकी छन्, म कति दुःखी दिएँ भनेर। तर पनि उनी मलाई हाँस्न सुझाउँथिन्। जब एट्लेटिको जाने प्रस्ताव आयो मसँग अरु विकल्प बाँकी थिएन।’

सुवारेजको समर्थनमा बार्सिलोनाका टप स्कोरर लियोनेल मेस्सीले पनि सामाजिक सञ्जालमा आफ्ना कुरा राखेका थिए। उनले सुवारेजलाई क्लबले निकालेको दाबीसमेत गरेका थिए।
 

प्रकाशित: Oct 10, 2020| 02:00 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।