आइतबार, असार २८, २०८३

फ्रेन्च ओपनको फाइनलमा जोकोविच र नाडाल भिड्ने

दोस्रो सेमिफाइनल खेलमा नोभाक जोकोविचले जित निकालेसँगै उनले अब फाइनलमा १२ औं पटकका उपाधि विजेता राफेल नाडालसँग प्रतिस्पर्धा गर्ने भएका छन्।
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं– दोस्रो सेमिफाइनल खेलमा नोभाक जोकोविचले जित निकालेसँगै उनले अब फाइनलमा १२ औं पटकका उपाधि विजेता राफेल नाडालसँग प्रतिस्पर्धा गर्ने भएका छन्।

विश्व नम्बर वान जोकोविचले पाँचौ सेटमा ग्रिकका स्टेफेनो सित्सिपासलाई हराउँदै फाइनल प्रवेश गरेका हुन्। ३३ वर्से टेनिस स्टारले ६–३, ६–२, ५–७, ४–६, ६–१ को सेटमा पाँचौ बरियताका सित्सिपासलाई हराए।

प्रतिस्पर्धात्मक खेलको अन्तिम सेटमा भने जोकोविचले सानदार जित निकालेका थिए। जोकोविचको जितसँगै सित्सिपासको पहिलो ग्राण्स्लम फाइनल पुग्ने महत्वकांक्षमा पानी फेरिएको छ।

त्यस्तै, अर्जेन्टिनाका डियागो स्वार्जमेनलाई हराउँदै तेस्रो वरियताका राफेल नाडानल पनि फाइनल प्रवेश गरेका छन्। उनले सोझो सेटमै स्वर्जमेनलाई हराएर फाइनल प्रवेश गरे।

उनले ६–३, ६–३ र ७–६(७–०) जित दर्ज गराएर फाइनल प्रवेश गरेका हुन्। 

३४ वर्से नाडालले खेल फ्रेन्च ओपनको इतिहासमा दुईपटक मात्र हार बेहोरेका छन्। उनले २०१२ र २०१५ मा हार बेहोरेका थिए।

नाडाल र जोकोविच खेल जीवनमा ५५ पटक आमनेसामने भएका छन्। जसमा जोकोविचले २९ र नाडालले २६ खेल जितेका छन्।

त्यस्तै फाइनल खेलमा भने उनीहरु, ९ औंपटक भेट हुने भएका छन्।

नाडालले २० औं ग्राण्स्लम उपाधि जितेका छन् भने जोकोविच १८ उपाधि जित्ने तयारीमा छन्। 

लामो समयदेखि नाडाल र जोकोविच परस्पर प्रतिद्वन्द्वी हुन्। यसकारण फाइनल खेल संघर्षपूर्ण हुने विश्वास गरिएको छ।
 

प्रकाशित: Oct 10, 2020| 01:11 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।