बुधबार, चैत ४, २०८२

दिल्लीको जितको श्रेय बलरलाई, राजस्थानको लागतार चौथो हार

इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटलले जित निकालेको छ। 
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटलले जित निकालेको छ। 

National life

शारजाह मैदानमा सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ४६ रनले हराउँदै दिल्लीले जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले पुरा ओभर खेलेर आठ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। 

१८५ रनका लक्ष्यका साथ मैदान पसेको राजस्थान दुई बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर १३८ रनमा समेटिएपछि दिल्लीले जित निकालेको हो। 
जितसहित दिल्ली अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। शीर्षस्थानमा मुम्बई र दिल्लीको खरो टक्कर चलिरहेको छ।

दिल्लीका लागि शिमरन हेट्मेयरले ४५ रनको पारी खेले भने मार्कस स्टोइनिसले ३९ रन बनाए। कप्तान श्रेयस अयर २२ रनमा आउट हुँदा, ओपनर पृथ्वी श १९ रनमै पेवेलियन फर्किए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

यता राजस्थानका बलर जोफ्रा आर्चरले शार्दिक पटेल, शिखर धवन र पृथ्वी श जस्ता ब्याट्स्मेनलाई आउट गराए। त्यस्तै, कार्तिक त्यागी, राहुल तेबतिया र एन्ड्रिउ टियले समान एक एक विकेट लिए।

Laxmi sunrise bank
kumari

जवाफी ब्याटिङमा आएको राजस्थानका कप्तान स्टिभ स्मिथ २४ रनमा आउट भए भने ओपनर यशस्वी जैसवाल र जस बटलर क्रमशः ३४ रन १३ रनमा आउट भए। त्यस्तै तेबतियाले ३८ रन बनाए भने अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

दिल्लीका लागि कागिसो रबाडाले तीन विकेट लिए भने रविचन्द्र अश्विन र मार्क स्टोनोइसले समान दुई विकेट लिए। अश्विन म्यान अफ दि म्याच घोषित भए।

जितसहित शीर्षस्थामा पुगेको दिल्लीले ६ खेलबाट १० अंक बनाएको छ भने समान ६ खेलबाट दोस्रोस्थानमा मुम्बईले ८ अंक बनाएको छ। 
शुक्रबार रातिको खेलमा पराजित राजस्थान भने ४ अंकका साथ सातौं स्थानमा छ।

खेलपछि दिल्लीका कप्तान अयरले जितको श्रेय बलरलाई दिएका छन्। त्यस्तै, राजस्थानका कप्तान स्मिथले ४० ओभरभरी राम्रो प्रदर्शन गर्न नसकेको बताएका छन्।
 

प्रकाशित: Oct 10, 2020| 01:04 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।