बुधबार, चैत ४, २०८२

शीर्ष स्थानको दौडमा दिल्ली, राजस्थानलाई चारमा पुग्नै सकस

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पौने ८ बजे हुने खेलमा राजस्थान रोयल्सले बलियो प्रतिस्पर्धी दिल्ली क्यापिटलको सामना गर्नेछ।
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पौने ८ बजे हुने खेलमा राजस्थान रोयल्सले बलियो प्रतिस्पर्धी दिल्ली क्यापिटलको सामना गर्नेछ।

National life

शारजहा मैदानमा हुने खेलमा १३ औं सिजनको २३ औं खेलमा दिल्ली जितसहित शीर्ष स्थानमा पुग्ने दाउमा हुनेछ भने राजस्थान स्थान सुधार गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ।

लगातार तीन खेलमा हारेको राजस्थान आजको खेलबाट लयमा फर्कन चाहन्छ। उसले सुरुवाती दुई खेलमा जित निकालेपछिका खेलमा जितविहीन छ। आजको खेलमा जित निकाल्दै कलकत्ताको भन्दा धेरै नेट रन रेट बनाउन सके टप फोरमा पुग्ने सम्भावना रहन्छ।

यता, दिल्ली पनि आजको खेलमा जित निकाल्दै मुम्बईलाई दोस्रो स्थानमा धकेलेर शीर्ष स्थान आउन चाहन्छ। राजस्थान र दिल्लीबीच भएका पछिल्ला पाँच खेलमा दिल्लीले तीन र राजस्थानले दुई जित निकालेको थियो। तर पछिल्लो सिजनमा राजस्थानले दुवै खेल दिल्लीलाई सुम्पिएको थियो।

शारजहा रंगशाला राजस्थानका लागि सहयोगी छ, जहाँ उसले आईपीएलमा सबैभन्दा ठूलो लक्ष्य पछ्याएको गरेको थियो। त्यसपछि उसले अबुधावीमा दुई र दुबईमा एक खेल खेल्दा दुवै खेलमा हार बेहोरेको थियो।

Laxmi sunrise bank
kumari

यता दिल्लीको टिम भने उत्कृष्ट फर्ममा छ। पृथ्वी शा र शिखर धवनले राम्रो सुरुवात गरिरहेका छन्। साथै कप्तान श्रेयस अयर र ऋषभ पन्तले पनि आक्रामक ब्याटिङ गरिरहेका छन्। बलरहरु कागिसो रबाडा, एनरिच नोर्तजे र रविचन्द्रले पनि सम्झनलायक योगदान दिइरहेका छन्। उनीहरु नै आजको खेलको केन्द्रमा रहने छन्।

यता राजस्थान भने तीन ब्याट्स्मेनमा निर्भर छ, कप्तान स्टिभ स्मिथ, जोस बटलर र सन्जु समसन। बलिङतर्फ भने जोफ्रा आर्चर राजस्थानको केन्द्रमा रहनेछन्।

आईपीएल इतिहासमा दिल्ली फाइनल पुग्न नसकेको एकमात्र टिम हो। सुरुवाती दुई सिजनमा सेमीफाइनसम्म भने पुगेको थियो। यता राजस्थानले भने पहिलो सिजनमा उपाधि जितेको थियो।

आईपीएलमा यी दुई टिमको हेड टु हेड हेर्र्ने हो भने दिल्लीले ९ खेल र राजस्थानले ११ खेल जितेको छ।

शारजहामा आज राति आकाश सफा रहनेछ भने तापक्रम २४ देखि ३७ डिग्री रहनेछ। टस जित्ने टिमले पहिला ब्याटिङ गर्न रुचाउनेछ। यहाँ पहिला ब्याटिङ गर्नेको सक्सेस रेट ६९ प्रतिशत छ।

सम्भावित प्लेइङ ११

राजस्थानः स्टिव स्मिथ(कप्तान), जस बटलर, यशस्वी जैसवाल, सन्जु समसन, महिपाल लोमरोर, टम करण, राहुल तेबतिया, श्रेयस गोपालन, जोफ्रा आर्चर, अंकित राजपुत र कार्तिक त्यागी

दिल्ली क्यापिटलः श्रेयस अयर(कप्तान), ऋषभ पन्त, पृथ्वी शा, शिखर धवन, शिमरन हेटमेयर, मार्कस स्टोइनिस, मार्कस स्टोइनिस, रविचन्द्र अश्विन र अक्षर पटेल, हर्षल पटेल, कागिसो रबाडा र एनरिच नोर्तजे
 

प्रकाशित: Oct 09, 2020| 11:20 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।