आइतबार, असार २८, २०८३

पाउलको रियल मड्रिडबाट खेल्ने सपना छ

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च राष्ट्रिय टिमका सदस्य पाउल पोग्बाले स्पेनिस क्लब रियल मड्रिडबाट खेल्ने सपना रहेको बताएका छन्।
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च राष्ट्रिय टिमका सदस्य पाउल पोग्बाले स्पेनिस क्लब रियल मड्रिडबाट खेल्ने सपना रहेको बताएका छन्।

२७ वर्षे मिडफिल्डरले आफू आबद्ध टिम युनाईटेडलाई उपाधि दिलाउन र राम्रो पोजिसनमा ल्याउन जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताएका छन्।

फ्रेन्च खेलाडी केही वर्षयता लगातार क्लब छोड्ने मनसायमा देखिएका छन्। तर उनले २०१६ मा क्लबसँग पाँच वर्षका लागि सम्झैता गरेका थिए। 

आउँदो समरमा उनको सम्झौता सकिँदै छ। तर क्लबे उनलाई थप एक वर्ष क्लमै बस्नका लागि विकल्प दिएको छ।

‘मलाई त यसबारे कसैले केहि भनेको छैन्,’ उनले बिहीबार फ्रेन्च टिमसँगको प्रेस कन्फेरेन्समा भने, ‘मैले यसबाले एड वुडबर्ड (युनाइटेडका कार्यकारी सह अध्यक्ष)सँग केही कुरा गरेको छैन र नयाँ सम्झौता पनि गरेको छैन्।’

उनले अहिले आफू खेल सुधार गर्दै अघि बढ्नेमा जोड दिरहेको बताएका छन्। ‘मलाई लाग्छ क्लबले मसँग कुरा गर्नेछ र केही अफरसमेत गर्नेछ। तर नगर्न पनि सक्छ,’ उनले भने।

पोग्बा केही समय रियलमा जाने कुरासँग जोडिएका थिए। यसबारे प्रश्न गर्दा उनी भन्छन्, ‘रियलबाट खेल्नु हेरक खेलाडीको सपना हुन्छ। मेरो पनि सपना यही हो। एक दिन कसो सफल नहोला त ?’

उनले थपे, ‘म युनाइटेडमा छु र क्लबलाई माया गर्छु। क्लब जुन स्थानमा रहन योग्य छ त्यसका लागि म कोशिरत छु र क्लबलाई सबै कुरा दिन चाहान्छु।’

युनाइटेडले इंग्लिस प्रिमियर लिगको जारी सिजनमा राम्रो सुरुवात गर्न सकेन। उसले सुरुवाती तीन खेलमा एकमात्र जित निकाल्न सफल रह्यो। 
त्यस्तै, अक्टोबर ब्रेकअघिको अन्तिम खेलमा त युनाइटेडले टोटेनहमसँग ६–१ को लज्जास्पद हार बेहोरेको थियो।
 

प्रकाशित: Oct 09, 2020| 01:50 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।