आइतबार, असार २८, २०८३

विश्व च्याम्पियन पलिस्था १५ हजार नगदरहित सम्मानित

विश्व च्याम्पियन मुवाँथाई खेलाडी पलिस्था कक्षपति बिहीबार १५ हजार नगदसहित सम्मानित भएकी छन्।
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं - विश्व च्याम्पियन मुवाँथाई खेलाडी पलिस्था कक्षपति बिहीबार १५ हजार नगदसहित सम्मानित भएकी छन्। पलिस्थालाई अस्ट्रेलियामा बस्दै आएका पूर्व खेलाडी एवं युवा व्यवसायी प्रफुल श्रेष्ठको प्रायोजनमा सम्मान गरिएको हो।

पलिस्थाले सन् २०१९ मा थाइल्यान्डको बैंककमा भएको १६ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। १३ वर्षीया पलिस्थाले ३० केजी तौलसमूहमा स्वर्ण जितेकी हुन्।

पलिस्थाले नेपालमै विभिन्न समयमा भएको तीन फरक संस्करणको इन्डो–नेपाल मुवाँथाईंमा तीन स्वर्ण जितेकी थिइन्।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पलिस्थालाई एक कार्यक्रमबीच सम्मान गरे। सो अवसरमा नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिलगायतको उपस्थिति थियो।

अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई निश्चित मापदण्ड बनाएर विवादरहित ढंगले पुरस्कृत गर्नुपर्नेमा जोड दिए।

नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष कक्षपतिले पूर्व खेलाडी श्रेष्ठलाई खेलाडीको हौसला बढाउने कार्य गरेकोमा धन्यवाद दिदै सानै सम्मानले पनि खेलाडीमा उर्जा सञ्चार गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

सम्मानित पलिस्थाले भविष्मा अझ राम्रो प्रदर्शन गर्न मनोबल उच्च बनाएको बताउँदै सम्मानले अन्य खेलाडीलाई पनि खेलकुदमा लाग्न प्रेरणा दिने बताइन्।

प्रकाशित: Oct 08, 2020| 12:26 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।