आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • दुई खेलाडी गुमाएपछि कमजोर बनेको हैदराबाद अझै कमजोर पञ्जाबको सामना गर्दै

दुई खेलाडी गुमाएपछि कमजोर बनेको हैदराबाद अझै कमजोर पञ्जाबको सामना गर्दै

जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राति पौने ८ बजे २२ औं खेल हुँदैछ।
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं– जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राति पौने ८ बजे २२ औं खेल हुँदैछ। आजको खेलमा किंग्स इलेबेन पञ्जाबले दुबई रंगशालामा सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्नेछ।

हैदराबादका बलिया खेलाडी भुवनेश्वर कुमार र मिसेल मार्श खेलबाट बाहिर छन्। चोटका कारण उनीहरुले आईपीएलका बाँकी खेल गुमाउने भएका हुन्। यसकारण हैदराबाद जारी सिजनमा कमजोर सावित भएको छ।

उसले सिजनमा अहिलेसम्म २ खेलमात्र जित निकाल्दै चार अंक बनाएको छ। यता पञ्जाबको हालत भने झन् खराब छ। ऊ दुई अंकका साथ अंकतालिकाको पुछारमा छ।

यी दुई टिमबीच भएको पछिल्ला पाँच खेलको कुरा गर्ने हो भने हैदराबादले तीन र पञ्जाबले दुई खेल जितेको छ। पछिल्लो सिजनमा भने दुवै टिमले समान १–१ जित निकालेका थिए।

आजको खेलमा हैदराबादको टिममा कप्तान डेबिड वार्नर र ओपनर जोनी बेयरस्टोको मुख्य भूमिका रहनेछ।

त्यस्तै भुवनेश्वर र मार्श प्रतियोगिताबाट बाहिरिएपछि राशिद खानमा बलिङको मुख्य जिम्मेवारी गर्नेछन्। फर्ममा रहेका मोहम्मद शामी र शेल्डन कटरेलले पनि समान ५ खेलमा ८ र ५ विकेट लिएका छन्।

यता, सुरुवती चरणमा सानदार प्रदर्शन गर्दै आएको पञ्जाबको डेथ ओभर ब्याटिङ कमजोर भएका कारण राम्रो नितिजा प्राप्त गर्न सकिरहेको छैन।

आईपीएल इतिहासमा हैदराबादले तीन पटक फाइनल खेलेर दुई उपाधि जितेको छ भने पञ्जबले आईपीएल उपाधि जितेको छैन।

दुबईमा आज राति आकाश सफा रनेछ भने तापक्रम २४ देखि ३९ डिग्री सेल्सियसबीच रहने अनुमान छ। साथै पिचले ब्याट्स्मेन र स्लो विकेट भएकाले स्पिनर्सलाई पनि सहयोगी रहनेछ।

दुबई रंगशालमा टस जित्ने टिमले पहिले ब्याटिङ रोज्न मन पराउने छ। प्हिलो ब्याटिङ गर्नेको सक्सेस रेट ५५.७४ प्रतिशत रहेको छ।

सम्भावित प्लेइङ ११ः 

हैदराबादः डेविड वार्नर (कप्तान), जोनी बेयरस्टो, मनिष पाण्डे, केन विलियम्सन, प्रियम गर्ग, अब्दुल समद, राशिद खान, अभिषेक शर्मा, अलिल अहमद, टी नटराजन र सन्दीप शर्मा

पञ्जाबः लोकेश राहुल (कप्तान), मयंक अग्रवाल, निकोलस पुरन, सरफराज खान, मनदीप सिंह, ग्लेन म्याक्सवेल, क्रिस जोर्डन, हरप्रित बराबर, रवि विश्नोई, मोहम्मद शामी, शोल्डन कटरेल
 

प्रकाशित: Oct 08, 2020| 11:30 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।