शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जाजरकोट जिप दुर्घटना : २४ घण्टासम्म आफन्तले शव बुझेनन्

जाजरकोट जिप दुर्घटना : २४ घण्टासम्म आफन्तले शव बुझेनन्

जाजरकोटमा जिप दुर्घटनामा भएको २४ घण्टा बित्दासम्म मृतका आफन्तहरुले शव बुझेका छैनन्।
 |  बिहीबार, असोज २२, २०७७
nespernesper

देव राना

देव राना

बिहीबार, असोज २२, २०७७

सुर्खेत- जाजरकोटमा जिप दुर्घटनामा भएको २४ घण्टा बित्दासम्म मृतका आफन्तहरुले शव बुझेका छैनन्।

triton college

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा घटनाको निष्पक्ष छानबिन गरिनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मापदण्डविपरीत सडक निर्माण गर्ने ठेकेदारलाई कारबाही गरिनुपर्ने लगायतमा माग राख्दै आफन्तले शव बुझन् मानेका छैनन्। घटना शंकास्पद भएको भन्दै मृतकका आफन्तहरुले छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।

स्थानीय रेशमबहादुर खड्काका अनुसार २४ घण्टासम्म शव खोलाबाट निकालिएको छैन। ‘शवहरु पानीमै डुबेका छन्, प्रहरीलाई घटनास्थल पुग्न पनि दिएका छैनन्’, उनले भने, ‘प्रहरी खोलामा गयो कि माथिबाट आफन्तहरले ढुंगामुडा गरिहाल्छन्।’ 

घटनास्थलमा ठूलो संख्यामा आफन्तहरु जम्मा भएका छन्।

त्यहाँ ४०/४५ जनाको संख्यामा प्रहरी छ। स्थानीयले गाउँपालिकका कार्यवाहक अध्यक्ष शिवा आचार्य (बस्नेत) ले घटनाको जिम्मेवारी लिनुपर्ने दबाब दिएका छन्। तर उनी घटनास्थल पुगेकी छैनन्। 

Metro Mart
vianet

यता जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज बराल, प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठ लगायतको टोली घटनास्थल गएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहानीले जानकारी दिए।

चुनीजाँदे गाउँपालिकाको केन्द्रको विषयमा लामो समयदेखि विवाद छ। मृतक वडाध्यक्ष सहितले गाउँपालिकाको केन्द्र वडा नं. ४ लुहादह हुनुपर्ने अडान राख्दै आएका थिए। तर अर्काे पक्षले भने वडा नं. ३ को परालेमा पालिकाको केन्द्र राखिनुपर्ने अडान लिँदै आएको छ। मृतकका आफन्तहरुले केन्द्र विवादका कारण घटना घटाइएको आरोप लगाउँदै शव बुझ्न नमानेका हुन्।

मृतकहरु केही दिनअघि गाउँपालिकाको केन्द्र विवाद मिलाइदिन वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाउन र वडाको औषधि लगायतका कामकाजको लागि खलंगा गएका थिए। बुधबार बस्ने गाउँ कार्यापालिकाको बैठकमा सहभागी हुन खलंगाबाट परालेतर्फ फर्किएका थिए।

गाडीधनीको घर र पसलमा आगजनी

मृतकका आफन्तहरुले बुधबार राति गाडी धनी एवम् चालक गोर्खबहादुर बस्नेतको घर र पसलमा आगो लगाइदिएका छन्। चालकको जुनीचाँदे–५ मटेलमा रहेको घर र छेडागाड नगरपालिकाको सुवानाउलीमा रहेको पसलमा आगो लगाएका हुन्।

गाडीचालक बेपत्ता छन्। मृतकका आफन्तहरुले सहज बाटोमा दुर्घटना भएको भन्दै घटना नियोजित भएको आरोप लगाएका छन्। जिप सडकबाट सीधै खोलामा खसेको थियो।

जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदेतर्फ गैरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका– १ औलभीरबाट मजकोट खोलामा खसेको थियो।

दुर्घटनामा जुनीचाँदे गाउँपालिका–११ का वडाध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कीर्तिबहादुर शाही, १७ वर्षे लालबहादुर बुढा, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्ण बहादुर शाही, ३० वर्षीय खिमबहादुर शाही र छेडागाड नगरपालिका–५ का कर्णबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
 

प्रकाशित: Oct 08, 2020| 09:30 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।