आइतबार, असार २८, २०८३

सहिद रंगशालामा फ्लड लाइट जडान हुन सकेन

गत वर्षको असोज १ गते निर्माण कम्पनी र सामाजिक विकास मन्त्रालयबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी ठेक्का सम्झौता भएको थियो। 
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

विराटनगर– सहिद रंगशाला विराटनगरमा रात्रीकालिन प्रतियोगिता सञ्चालन गर्नेगरी फ्लड लाइट जडानको प्रकृया सुरु भएको एक वर्ष पूरा भएको छ।

गत वर्षको असोज १ गते निर्माण कम्पनी र सामाजिक विकास मन्त्रालयबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी ठेक्का सम्झौता भएको थियो। 

सम्झौता भएको एक वर्ष बिते पनि रंगशालामा फ्लड लाइट जडान हुन सकेको छैन। २१० दिनभित्रमा जडान गर्ने गरी मन्त्रालयले सम्झौता गरेको थियो। पहिलो सम्झौता भएको मिति गुज्रिएपछि थप दुईपटक सम्झौता भएको छ। तर, अझै निर्धारित मितिमै फ्लड लाइट जडान हुने सम्भावना देखिँदैन।

सामाजिक विकास मन्त्रालयले कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सनलाई फ्लड लाइट जडानका लागि ४ करोड २९ लाख रुपैयाँमा ठेक्का दिएको हो। 

राष्ट्रिय खेलकुद परिषद्बाट लाइट कति गहिरो राख्ने, फाउन्डेसन कस्तो बनाउने भन्ने कुराको निर्णय गरेपछि कम्पनीले लाइटको लागि जडान हुने मास्ट (पोल) लगायतका बल्व भारतको मुम्बईबाट ल्याउने जनाएको थियो। विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण रोक्न सरकारले नेपाल र भारतको सीमा सील गरेको कारण देखाउँदै कम्पनीले सामग्री ल्याउन नसकेको बताउँदै आएको छ। 

निर्माण कम्पनीका इञ्जिनियर ओमनारायण चौधरीले पोल र बत्ती ल्याउनासाथ काम सम्पन्न हुने दाबी गरे। उनले भने, ‘लकडाउनले जडान हुने सामग्री नआएकाले काम समयमा सम्पन्न हुन सकेन।’

सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकुद महाशाखा प्रमुख कोमल खड्काका अनुसार पहिलो सम्झौताअनुसार वैशाख २४ गते नै निर्माण सम्पन्न गर्नुपर्ने थियो।

लकडाउनले भारतबाट आवश्यक निर्माण सामग्री नआएकाले संघीय सरकारको निर्णय अनुसार ६ महिना म्याद थपेर तेश्रो पटक पुस २८ गते सम्मको समय सीमा दिइएको खड्को बताए। 

प्रकाशित: Oct 08, 2020| 08:31 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।