आइतबार, असार २८, २०८३

आईपीएलमा कोलकाताले चेन्नईलाई हरायो

जारी सिजनमा चेन्नईको यो चौथो हार हो भने कोलकाताको तेस्रो जित।
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

युएईको अबुधाबीमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को २१ औं खेलमा चेन्नई सुपर किंग्स कोलकाता नाइट राइडर्ससँग १० रनले पराजित भएको छ। जारी सिजनमा चेन्नईको यो चौथो हार हो भने कोलकाताको तेस्रो जित।

जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रनमात्र बनाउन सक्यो। 

त्यसअघि शेख जायद स्टेडियम अबुधाबीमा टस जितेर ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा अलआउट हुँदै १६७ रन बनाएको थियो। 

चेन्नईले अब शनिबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ। कोलकाता पहिलो खेलमा मुम्बईसँग ४९ रनले हारेको थियो। दोस्रो खेलमा हैदराबादलाई ७ विकेटले हराएको थियो।

राजस्थानलाई ३७ रनले पराजित गर्दा दिल्लीसँग १८ रनले पराजित हुन पुगेको थियो। कोलकाताले शनिबार किंग्स इलेभेन पन्जाबसँग खेल्नेछ।

प्रकाशित: Oct 08, 2020| 01:44 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।