सुर्खेत– कोरोनाबाट बाँकेको कोहलपुरमा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङ घोराही उपमहानगरपालिका–१५ की ३५ वर्षीया महिला छिन्।
असोज १८ गते कोरोना संक्रमण भएकी उनको उपचारका क्रममा आज दिउँसो तीन बजेतिर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संखया १० पुगेको बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए।