काठमाडौं- सन् २०२२ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुलेको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार आज राति पौने १० बजेदेखि ई–डीभी भर्न सकिनेछ।
कात्तिक २५ गते राति पौने ११ बजेसम्म ई–डीभी भर्न सकिने दूतावासले जनाएको छ। सकेसम्म चाँडो डीभी भर्न दूतावासले आग्रह गरेको छ।