शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्रिकेट रंगशाला बनाउन धुर्मुस सुन्तली फाउन्डेसनलाई तीन करोड 

क्रिकेट रंगशाला बनाउन धुर्मुस सुन्तली फाउन्डेसनलाई तीन करोड 

बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई तीन करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ।
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं– बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई तीन करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेलाई तीन करोडको चेक हस्तान्तरण गरेका छन्।

मुख्यमन्त्री पौडेलले रंगशाला निर्माण तीव्र गतिमा भइरहेको भन्दै धुर्मुस सुन्तलीले गरेको कामको प्रशंसा गरे।

सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने उनले बताए। रंगशाला निर्माणमा चुनौती धेरै रहेकोले जसरी पनि सफल बनाउनुपर्ने पौडलको भनाइ छ। 

सामाजिक विकासमन्त्री युवराज दुलालले फेरि पनि सरकारका तर्फबाट सहयोग हुने बताए। फाउन्डेसनका अध्यक्ष कट्टेलले सहयोग रकम बुझ्दै खुसी व्यक्त गरे। 

उनले सरकारले शुरूमा जग्गा उपलब्ध गराएको र अहिले आर्थिक रकम उपलब्ध गराएको भन्दै धन्यवाद दिए। ‘अवस्था समस्याजनक छ। तर, पनि काम गर्दैछौं,’ उनले भने, ‘बजारमा सात करोड तिर्न बाँकी छ। हामीले हिम्मत हारेका छैनौं।’ 

रंगशाला निर्माणमा दुई सय ३३ जनशक्तिले काम गरिरहेका छन्।  
 

प्रकाशित: Oct 07, 2020| 11:32 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।