शनिबार, भदौ १३, २०८३

माल्टा पठाइदिने भन्दै ४८ लाख ठगी गर्ने पक्राउ

काठमाडौं– माल्टा पठाइदिने भन्दै ४८ लाख रुपैयाँभन्दा बढी रकम ठगी गर्ने एकजनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ। 
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं– माल्टा पठाइदिने भन्दै ४८ लाख रुपैयाँभन्दा बढी रकम ठगी गर्ने एकजनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ। 

सुनसरीको बराहक्षेत्र नगरपालिका ९ बस्ने ३२ वर्षीय सुरज राईलाई सुनसरीबाट महाशाखाले पक्राउ गरेको हो। ४८ लाख ९८ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि गोपाल आचार्यसमेतले ४ फागुन २०७६ मा अपराध महाशाखामा जाहेरी दिएका थिए। 

जाहेरीपछि प्रहरीले खोजतलास शुरू गरेको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा पक्राउ गरिएको महाशाखाले जनाएको छ। थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ।

राईले अन्य व्यक्तिहरुलाईसमेत ठगी गरेको हुन सक्ने भन्दै अनुसन्धान भइरहेको छ।

प्रकाशित: Oct 07, 2020| 11:30 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।