शनिबार, भदौ १३, २०८३

डा. केसीलाई बचाउन देशैभर नागरिक सत्याग्रहको अपिल 

सोलिडारिटी फर डा‍. केसी अलायन्सले डा. केसीको जीवन रक्षाको माग गर्दै देशव्यापी रुपमा नागरिक सत्याग्रह गर्न अपिल गरेको छ। 
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं– सोलिडारिटी फर डा. केसी अलायन्सले  डा. गाेविन्द केसीको जीवन रक्षाको माग गर्दै देशव्यापी रुपमा नागरिक सत्याग्रह गर्न अपिल गरेको छ। 

अलायन्सको संयोजनमा आज साँझ ५ बजेदेखि त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीले कीर्तिपुरमा र बिहीबार पाटन डबलीमा नागरिक सत्याग्रह गर्दै छन्। 

देशैभरबाट कोभिडविरुद्धका सबै नियम र मापदण्ड पालना गर्दै आ–आफ्नो ठाउँबाट डा. केसीको समर्थनमा सत्याग्रह सुरु गर्न अभियानका संयोजक जीवन क्षेत्रीले आग्रह गरे। 

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि डा. केसीले १९औं सत्याग्रह सुरु गरेको आज २४ औं दिन भइसकेको छ। 

डा. केसीको स्वास्थ्य धेरै नाजुक बन्दै गएको छ। सरकारले भने उनका माग पूरा गर्न र जीवनरक्षाका लागि कुनै कदम चालेको छैन।
 

प्रकाशित: Oct 07, 2020| 11:08 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।