शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बेडको अभाव हुन थाल्यो, अत्यावश्यक नभई अस्पताल नजानू : मन्त्रालय

बेडको अभाव हुन थाल्यो, अत्यावश्यक नभई अस्पताल नजानू : मन्त्रालय

कोरोना संक्रमणको दर बढेसँगै अस्पतालहरुमा बेडको अभाव भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं- कोरोना संक्रमणको दर बढेसँगै अस्पतालहरुमा बेडको अभाव भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

विशेषगरी उपत्यकामा संक्रमित बढेपछि बेड पाउन समस्या हुन थालेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उपत्यकामा संक्रमण तिव्र रुपमा फैलँदा बिरामी व्यवस्थापनमा चुनौती थपिएको भन्दै संक्रमणको दर यसरी नै बढ्दै गए अस्पतालले भार थाम्न नसक्ने मन्त्रालयले जनाएको छ।

यस विषयमा मन्त्रालय संवेदनशील भएको प्रवक्ता गौतमले बताए। कोरोना संक्रमण जन स्वास्थ्यको ठूलो समस्या भएकाले यसको नियन्त्रणका लागि सबैले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरे।

मन्त्रालयले सामन्य ज्वरो आउँदैमा, रुघाखोकी लाग्दैमा अस्पताल नजान भनेको छ। श्वास फेर्न गाह्रो हुने, पिसाब कमी भएमा वा निकै गाह्रो भएमा मात्रै अस्पताल जान आग्रह गरेको छ।

प्रकाशित: Oct 07, 2020| 11:05 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।