शनिबार, भदौ १३, २०८३

२४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु

आजको दिनमा देशभरका आईसीयूमा २३३ जना र भेन्टिलेटरमा ३७ जना संक्रमित छन्। 
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङ, सिराहा, रौतहट, काठमाडौं, ललितपुर, चितवन, रुपन्देही, नवलपरासी र दाङका ५ जना पुरुष र ५ जना महिला छन्।

आजको दिनमा देशभरका आईसीयूमा २३३ जना र भेन्टिलेटरमा ३७ जना संक्रमित छन्। 

काठमाडौं उपत्यकामा आज १६ सय ८४ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा

काठमाडौंका १२ सय ९६, ललितपुरका २९३ जना र भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको हो।

हिजो मंगलबार काठमाडौंमा ७८३ जना, ललितपुरमा ११६ जना र ललितपुरमा ११८ जना संक्रमित थपिएका थिए।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार २०९ जनाको पीसीआर परीक्षण भएकोमा ३४ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ। 

सक्रिय संक्रमित– २५ हजार ७

संस्थागत आइसोलेसनमा– १०,५९६

होम आइसोलेसनमा– १४,४११

आईसीयूमा– २३३

भेन्टिलेटरमा– ३७

प्रकाशित: Oct 07, 2020| 10:48 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।