काठमाडौं– काठमाडौं उपत्यकामा आज १६ सय ८४ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १२ सय ९६, ललितपुरका २९३ जना र भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको हो।
हिजो मंगलबार काठमाडौंमा ७८३ जना, ललितपुरमा ११६ जना र ललितपुरमा ११८ जना संक्रमित थपिएका थिए।
पछिल्लो २४ घण्टामा देशभर १४ हजार २०९ जनाको पीसीआर परीक्षण भएकोमा ३४ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ।
सक्रिय संक्रमित– २५ हजार ७
संस्थागत आइसोलेसनमा– १०,५९६
होम आइसोलेसनमा– १४,४११
आईसीयूमा– २३३
भेन्टिलेटरमा– ३७