शनिबार, भदौ १३, २०८३

आज हालसम्मकै बढी ३,४३९ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा कोरोना पुष्टि हुने यो हालसम्मकै ठूलो संख्या हो।
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा कोरोना पुष्टि हुने यो हालसम्मकै ठूलो संख्या हो।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४ हजार २५९ पुगेको छ।

पछिल्लो २४ घण्टामा १४ हजार २०९ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म ११ लाख १३ हजार ४८६ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज २५ हजार ७ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा र १४ हजार ४११ जना होम आइसोलेसनमा छन्।

४ हजार १६४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ।
 

प्रकाशित: Oct 07, 2020| 10:40 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।