शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित २ को मृत्यु

जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित २ को मृत्यु

जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना हुँदा एक जनप्रतिनिधिसहित २ जनाको मृत्यु भएको छ।
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

सुर्खेत- जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना हुँदा एक जनप्रतिनिधिसहित २ जनाको मृत्यु भएको छ।

सरदमुकाम खलंगाबाट जुनीचाँदे गाउँपालिकाको केन्द्र पराले जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप वडा नं. १ औलाखोला भन्ने ठाउँमा दुर्घटना भएको हो।

दुर्घटनामा जुनीचाँदे गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाही र वडा नं. ११ कै कीर्तिबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए।

अन्य तीन जनाको अवस्था गम्भीर छ। गाडी चालक फरार छन्। यता जिल्ला प्रहरी कार्यालय जाजरकोटले भने घटनाको प्रहरी घटनास्थल पुगिनसकेको भन्दै मृतकको पुष्टि गर्न नसकिने जनाएको छ।

‘प्रहरी घटनास्थल पुगिसकेको छैन तर ४/५ जनाको मृत्यु भएको खबर आएको छ’ जाजरकोटका डीएसपी किशोर श्रेष्ठले भने, ‘अहिले नै मृतकको पुष्टि गर्न सकिदैन।’

प्रकाशित: Oct 07, 2020| 10:27 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।