काठमाडौं– अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु भएको छ। संसदीय समितिले बिहीबारदेखि १० दिनको म्याद दिएर उजुरी मागेको हो।
संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको समिति सभापति लक्ष्मणलाल कर्णले बताए।
समितिको बुधबार बसेकाे बैठकले अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिाकाका लागि प्रस्तावित राजदूत डा. निर्मलकुमार विश्वकर्माविरुद्ध उजुरी मागेको हो।
उनीहरूविरुद्ध उजुरी परेमा त्यसमाथि जबाफ दिएपछि नियुक्ति प्रक्रिया अगाडि बढ्नेछ। खतिवडा पूर्वअर्थमन्त्री हुन् भने रेग्मी पूर्वमुख्य सचिव हुन्।