काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगबाट मान्यता पाएको छ।
राप्रपा र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले मान्यता दिएको हो।
एकीकरणपछि अब राप्रपाको झण्डामा गाई र चुनाव चिह्न हलो कायम भएको छ।
राप्रपा अध्यक्ष कमल थापाले २०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुनःएकीकृत गर्न सकेकोमा खुसी व्यक्त गरेका छन्।
अध्यक्ष थापाले आगामी चुनावबाट राप्रपालाई अग्रणी राजनीतिक शक्ति बनाउने संकल्पसमेत गरेका छन्।
थापाले एकीकरणको विषय र चुनाव चिह्न जनतासम्म पुर्याउन प्रचार अभियानलाई जोड दिन पार्टी सदस्यलाई आग्रहसमेत गरेका छन्।