शनिबार, भदौ १३, २०८३

कोरोनापछि बढ्यो आयुर्वेदिक औषधालयमा बिरामीको भीड

कोरोना महामारी अघिसम्म प्रदेश आयुर्वेद औषधालयको सुनसान हुन्थ्यो। मुस्किलले दिनमा १५/२० जनासम्म बिरामी आउने गर्दथे।
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

सुर्खेत- कोरोना महामारी अघिसम्म प्रदेश आयुर्वेद औषधालयको सुनसान हुन्थ्यो। मुस्किलले दिनमा १५/२० जनासम्म बिरामी आउने गर्दथे।

आयुर्वेदप्रति खासै कसैको विश्वास थिएन। तर कोरोना महामारीसँगै आयुर्वेदप्रति आम नागरिकको विश्वास बढेको छ। 
पहिले सुनसान हुने प्रदेश आयुर्वेद औषधालयमा हिजोआज दैनिक झण्डै १०० बिरामी आउन थालेका छन्।

रोग प्रतिरोधात्मक क्षमताको लागि गुर्जो, अमला, हर्रोबर्रोलगायतका जडिबुटीबाट बनेको औषधि लिन आयुर्वेद औषधालयमा मानिसहरुको भिड लाग्न थालेको छ।

कोरोना महामारीसँगै औषधालयमा बिरामीको चाप बढेको औषधालयका चिकित्सक शंकर रिजालले बताए। आयुर्वेदिक उपचार पद्धति र कोरोनाका कारण जडिबुटी मिश्रित औषधि लिन आउने बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको रिजालको भनाइ छ।

यस्तै कोरोना संक्रमितको उपचारमा सघाउन औषधालयले रोगप्रतिरोधात्मक क्षमता बढाउने जडिबुटी मिश्रित औषधिसमेत निःशुल्क वितरण गर्दै आएको छ।

हालसम्म प्रदेश अस्पतालमा रहेका २६३ जना र लेकबेसी, गुर्भाकोट, पञ्चपुरी, चौकुने पालिकाका आइसोलेसन एकसय ४५ कोरोना संक्रमितलाई जडिबुटी मिश्रित औषधि उपलब्ध गराएको औषधालयले जनाएको छ। कोरोना संक्रमणको उपचारमा कुनै औषधि नबनेका कारण रोग प्रतिरोधी क्षमता बढाउन गुर्जोलगायतका जडिबुटीले सघाउने भएकोले माग बढेको हो।

आयुर्वेदिकप्रति बिरामीको जनविश्वास बढेसँगै औषधालयले सेवासुविधा पनि विस्तार गरेको छ। औषधालयले असोज ६ गतेदेखि निःशुल्क ल्याव सेवा र असोज ७ गतेदेखि भिडियो एक्सरे सेवा पनि सुरु गरेको छ। अघिल्लो आर्थिक वर्षमा २२ हजार जनाले आयुर्वेदको सेवा लिएका थिए।

प्रकाशित: Oct 07, 2020| 09:30 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।