शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा. केसीसँग वार्ता नगर्ने हठ प्रधानमन्त्री ओलीका लागि महँगो पर्नेछ : कांग्रेस

डा. केसीसँग वार्ता नगर्ने हठ प्रधानमन्त्री ओलीका लागि महँगो पर्नेछ : कांग्रेस

नेपाली कांग्रेसले सत्याग्रहमा बसेका डा. गोविन्द केसीसँग वार्ता नगरेर प्रधानमन्त्री केपी ओलीले बालहठ देखाएको टिप्पणी गरेको छ।
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं– नेपाली कांग्रेसले सत्याग्रहमा बसेका डा. गोविन्द केसीसँग वार्ता नगरेर प्रधानमन्त्री केपी ओलीले बालहठ देखाएको टिप्पणी गरेको छ। 

अनशनमा बसेको २४ दिन हुँदासम्म सरकारका तर्फबाट केसीसँग वार्ताको पहल नगरेपछि कांग्रेसले यस्तो टिप्पणी गरेको हो। 

कांग्रेसले सत्याग्रहीसँग वार्ता गरेर लोकतान्त्रिक चरित्र देखाउन  सकारसँग माग गरेको छ। 

डा. केसीसँग वार्ता नगरी बालहठ देखाइरहे ओलीका लागि महँगो पर्ने चेतावनी पनि कांग्रेसले दिएको छ। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘प्रधानमन्त्रीलाई गम्भीर प्रश्न’ भन्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, डा. केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको छ। वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महँगो पर्नेछ प्रधानमन्त्रीज्यू।’ 

कांग्रेसले डा. केसीका जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गरेर गम्भीर भूल नगर्न पनि सरकारसँग आग्रह गरेको छ। शर्माले भनेका छन्, ‘हेक्का रहोस्, लोकतन्त्र भर्सेस कम्युनिस्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ।’

अनशनजस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गरेर प्रधानमन्त्री ओलीले लोकतन्त्रविरोधी चरित्र देखाएको कांग्रेसको आरोप छ। 

शर्माले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै भनेका छन्, ‘खुला ढंगले के यो सन्देश दिन चाहनुभएको हो कि— लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरीत्रको हुनुमा फरक हुन्छ?’
कांग्रेस सरकारमा रहेका बेला डा. केसीले उठाएका धेरै माग सम्बोधन गरेको दाबी शर्माले गरेका छन्। 

शर्माले भनेका छन्, ‘तर यहाँले उसबेला पूरा गरिएका माग एकातर्फ उल्टाउनुभयो, अर्कातर्फ नयाँ सन्दर्भमा अघि सारिएका मागबारे संवादमार्फत समाधान खोज्ने लोकतान्त्रिक संस्कार यहाँमा भएन।’

शर्माले सत्याग्रहीलाई दुव्र्यवहारददेखि, सत्ताको अहंकारसम्मले कम्युनिस्टतन्त्रको मनोविज्ञानलाई मात्रै पुष्टि गरेको बताएका छन्।
ओलीले विगतमा प्रचण्डको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्ने गरेको सन्दर्भ स्मरण गर्दै शर्माले भनेका छन्, ‘त्यो स्वाभाविक थियो, अब अनशन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ।’

प्रकाशित: Oct 07, 2020| 09:05 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।