शनिबार, भदौ १३, २०८३

उपप्राध्यापक चलाउनेमाथि आक्रमणको निन्दा

त्रिवि समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमणको निन्दा गरिएको छ। 
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं– त्रिवि समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएकाे आक्रमणको सर्वत्र निन्दा गरिएको छ। 

चलाउनेमाथि मंगलबार बिहान त्रिवि समाजशास्त्र विभागतर्फ जाने क्रममा आक्रमण भएको थियो।  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत आक्रमणकारीमाथि कारबाहीको माग गरेका छन्।

थापाले भनेका छन्, ‘आक्रमण जेसुकै बहानामा जुनसुकै राजनीतिक आस्था र झन्डा बोक्नेले गरेको होस्, यसमा प्रत्यक्षपरोक्ष संलग्न हुने प्रत्येकलाई तत्काल कानुबमोजिम कारबाही गर्नैपर्छ।’

यसैगरी प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले चलाउनेमाथि भएको आक्रमणको निन्दा गर्दै घटनाबारे छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ। 

संघका अध्यक्ष जगत तिमिल्सिनाले भने, ‘जुनसुकै बहानामा भए पनि उपप्राध्यापक चलाउनेमाथि आक्रमण सह्य छैन। दोषी पहिचान गरी तत्काल कारबाही हुनुपर्छ।’ 

यस्ता घटनाबाट प्राज्ञिक क्षेत्र असुरक्षित रहेको उनको भनाइ छ। 

चलाउनेको हाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको विभागीय प्रमुख युवराज लुइटेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Oct 07, 2020| 07:42 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।