शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुई थान नलकटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित दुईजना पक्राउ

दुई थान नलकटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित दुईजना पक्राउ

बाँकेमा दुई थान नलकटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित दुईजना पक्राउ परेका छन्। नरैनापुर गाउँपालिका–५ स्थित मटेहिया सर्वराजपुरुवाबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको हो। 
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं– बाँकेमा दुई थान नलकटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित दुईजना पक्राउ परेका छन्। नरैनापुर गाउँपालिका–५ स्थित मटेहिया सर्वराजपुरुवाबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–२० मनिकापुर बस्ने ६२ वर्षीय सलिम नाउँ र नेपालगन्ज उपमहानगरपालिका–१९ बासुदेबपुर बस्ने ३३ वर्षीय ईब्राहिम बेहना छन्।

ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा हतियार र गोली फेला परेको हो। 

दुवैलाई हिरासतमा राखेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

उता, जंगली जनावर चित्तल मारेको अभियोगमा बाँकेमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

डुडुवा गाउँपालिका–४ राप्ती पुलबाट २६ किलो तौलको चित्तल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा राप्तीसोनारी गाउँपालिका–६ बस्ने २३ वर्षीय सामेल रोका र नेपालगन्ज उपमहानगरपालिका–७ बस्ने ३० वर्षीय अञ्जन हमाल रहेका छन्।

फत्तेपुरबाट नेपालगन्जतर्फ जादै गरेको भे.८ प ५४६५ नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा मोटरसाइकल नरोकी उनीहरु भागेका थिए। 

प्रहरीले पिछा गरेर पुलमा मोटरसाइकल नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा बोरामा राखेको अवस्थामा चित्तल फेला परेको हो। पक्राउ परेका दुवैजनालाई कारबाहीको लागि जिल्ला बन कार्यालय बाँकेको जिम्मा लगाइएको छ।

प्रकाशित: Oct 07, 2020| 07:40 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।