शनिबार, भदौ १३, २०८३

गृहमन्त्रीका राजनीतिक सल्लाहकारलाई कोरोना संक्रमण

गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदीलाई कोरोना संक्रमण भएको छ।
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदीलाई कोरोना संक्रमण भएको छ। सुवेदीले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्। 

‘पीसीआर परीक्षणले मलाई कोरोना पोजेटिभ देखियो। यो बीचमा सम्पर्कमा रहेका सबै मित्रहरुले विशेष सावधानी अपनाउन आग्रह गर्दछु,’ उनले लेखेका छन्।

स्वास्थ्यमा सामान्य समस्या देखिएपछि सुवेदी तीन दिनदेखि मन्त्रालय नगएर घरमै आराम गरिरहेका थिए। अघिल्लो साता सुवेदी गृहमन्त्री थापा, सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनालसहित दार्चुलाको छाङरु पुगेका थिए। 

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकार, सचिवालयका सदस्य र सुरक्षाकर्मीसहित ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो।
 

प्रकाशित: Oct 07, 2020| 06:40 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।