शनिबार, भदौ १३, २०८३

आठ किलो अफिमसहित एक जना पक्राउ 

पर्सामा आठ किलो अफिमसहित एक जना पक्राउ परेका छन्।  
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

पर्सा- पर्सामा आठ किलो अफिमसहित एक जना पक्राउ परेका छन्।  

पक्राउ पर्नेमा पर्साका कालिकामाई गाउँपालिका १ तीनडुवियाका २९ बर्षीय खोवारी प्रसाद रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनजित कुवरका अनुसार ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले सुराकीका आधारमा गए राति घरमा खानतलासी गर्दा आठ किलो अफिमसहित खोवारीलाई पक्राउ गरेको हो। 

पर्सामा लागुऔषधको खेती निर्मुल भएपनि अन्यत्रबाट ल्याएर कारोबार हुनसक्ने सूचनाको आधारमा खानतलासी गरिएको प्रहरी नायब उपरीक्षक कुवरले बताए।  

लकडाउन खुल्ला भएपछि पछिल्लो समय सिमावर्ति क्षेत्रमा लागुऔषधको कारोबार फस्टाएको छ। एक सातामै प्रहरीले योसहित ४ जनलाई लागुऔषधसहित पक्राउ गरेको छ।
 

प्रकाशित: Oct 07, 2020| 06:10 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।