काठमाडौं– २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएको छ।
केसीको स्वास्थ्य निकै बिग्रिएपछि चिकित्सकहरु आन्तरिक परामर्शमा जुटेका छन्।
डा. केसीको शरीरमा अक्सिजनको मात्रा घट्दो छ। सहयोगी प्रितम सुवेदीका अनुसार केसीलाई धेरैजसो समय कृत्रिम अक्सिजन दिइएको छ। थकान, रिंगटा लाग्ने, मुटुको धड्कन अनियमित, मांसपेशी दुखाइको समस्या केसीमा देखिएको चिकित्सकहरूले बताएका छन्।
उपचारमा संलग्न चिकित्सक सुवासप्रसाद आचार्यका अनुसार डा. केसीको स्वास्थ्य अवस्था जटिल अवस्थामा पुगिसकेको छ। रक्तचाप पनि घटेर ७०/५० मा झरेको छ।