शनिबार, भदौ १३, २०८३

महिला हिंसाका दोषीलाई कडा कारवाहीको माग

अन्तरपार्टी महिला सञ्जालले विश्व कोरोना महामारीले आक्रान्त भइरहेको विषम स्थितिमा पनि महिलामाथिको हिंसा, बलात्कार, हत्या, बोक्सीको नाममा दिइने यातना र एसिड आक्रमणजस्ता अपराधका घटना नरोकिएकाले कडा कारवाहीको माग गरेको छ।
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं- अन्तरपार्टी महिला सञ्जालले विश्व कोरोना महामारीले आक्रान्त भइरहेको विषम स्थितिमा पनि महिलामाथिको हिंसा, बलात्कार, हत्या, बोक्सीको नाममा दिइने यातना र एसिड आक्रमणजस्ता अपराधका घटना नरोकिएकाले कडा कारवाहीको माग गरेको छ।

सञ्जालले फाष्टट्रयाक अदालतको संयन्त्र निर्माण गरेर लोकतान्त्रिक गणतन्त्र र सघीयताको मर्म तथा विधि पद्धतिको सुशासनका लागि दोषीलाई कारवाही र पीडितलाई न्याय दिन माग गरेको हो। 

सञ्जालका अध्यक्ष सावित्रा भुसालसहितको टोलीले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई मंगलबार अलग–अलग भेटी सो ध्यानाकर्षण गराएकी हुन्। 

सो पत्रमा गम्भीर प्रकृतिका घटनाको निष्पक्षरूपमा छानबिन गरी अपराधीलाई हदैसम्मको सजाय र पीडितलाई न्याय दिलाउन माग गरिएको छ।

भेटका अवसरमा सभापति श्रेष्ठ र गृहमन्त्री थापाले महिलामाथि जघन्य प्रकारका मानवअधिकार हननका घटनालाई रोक्नका लागि आवश्यक कानून निर्माण, विद्यमान कानून संशोधनलगायत विषयमा गृह मन्त्रालयलगायत सम्बन्धित निकायलाई समितिको तर्फबाट निर्देश गरिसकिएको अवगत गराएका थियो।  

प्रकाशित: Oct 07, 2020| 05:28 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।