शनिबार, भदौ १३, २०८३

कोरोनाका कारण वामदेवविरुद्धको सुनुवाइ अनिश्चित

नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ । कोरोनाका कारण न्यायाधीशहरू आइसोलेशनमा रहेपछि आज हुने भनिएको सुनुवाइ स्थगित भएको हो ।
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं-  नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्ध  सर्वाेच्च अदालतमा  परेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ। 

राष्ट्रिय सभा सदस्यमा मनोनीत गौतमको नियुक्ति बदरको माग गर्दै दायर भएको रिटमा आज सुनुवाइ गर्ने भनेर तय गरिएको थियो। 

तर कोरोनाका कारण न्यायाधीशहरू आइसोलेसनमा रहेपछि आज हुने भनिएको सुनुवाइ स्थगित भएको हो। गत शुक्रबार गौतम पक्षका वकिल धेरै भएका कारण सुनुवाइ नसकिँदा मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। 

गौतमको मुद्दा संवैधानिक इजलास सुनुवाइ हुँदै आएको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीश छन् । उनीहरुमध्ये अधिकांश आइसोलेसनमा छन्। 

न्यायाधीशहरू नै आइसोलेसनमा बसेपछि दैनिक ८-९ वटा इजलास बस्‍ने गरेकामा आज जम्मा दुईवटा मात्र इजलास तोकिएका छन्।

अब यो मुद्दाको सुनुवाइ  दसै‌ं पछाडिसम्म धकेलिन सक्ने अदालत स्रोतको दाबी छ। कोरोनाका कारण तत्कालै न्यायाधीशहरु एउटै इजलासमा बस्ने सम्भावना छैन। 

प्रतिनिधिसभा चुनावमा बर्दियाबाट पराजित गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असाेज १ गते राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी थिइन्।

निवेदकले प्रतिनिधिसभामा पराजित भएको व्यक्ति मनोनीतको कोटामा राष्ट्रियसभामा जानु संविधान, जनमत विपरीत भएको जिकिर गरेका छन्। 
 

प्रकाशित: Oct 07, 2020| 05:19 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।