शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चितवनमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४८ पुग्यो

चितवनमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४८ पुग्यो

भरतपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकका ७८ वर्षीय पुरुष र भरतपुर महानगरपालिका–१० का ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । 
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

चितवन- कोरोना भाइरसको संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु भएको छ । 

भरतपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकका ७८ वर्षीय पुरुष र भरतपुर महानगरपालिका–१० का ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । 

७८ वर्षीय पुरुषको आज बिहान साढे पांँचबजे मृत्यु भएको हो । उनी असोज १९ गते अस्पताल भर्ना भएका थिए भने २० गते  कोरोना पोजेटिभ देखिएको थियो ।  

यस्तै भने ६१ वर्षीय पुरुषको मंगलबार बेलुका मृत्यु भएको हो । मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनी सोमबार अस्पताल भर्ना भएका थिए । उनमा मंगलबार कोरोना पुष्टि भएको थियो ।

कोरोनाबाट थप दुई जनाको मृत्यु भएसँगै चितवनमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । जसमा चितवनका मात्रै २७ जना छन् । 

प्रकाशित: Oct 07, 2020| 03:20 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।