सुनसरी । सुनसरी सदरमुकाम इनरुवा ७ वर्छवाचोकबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हरिनगर गाउँपालिका ७ कविलासा घुस्कीका १९ वर्षीय उपेन्द्र सरदार र १९ वर्षीय हरिशंकर सरदार रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।
विशेष सूचनाका अधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएको हो।
ज८प ५९३६ नंको मोटरसाइकलमा रहेका दुवै जनालाई जाँच गर्दा प्लाष्टिकको बोरामा लुकाइछिपाइ ल्याएको डाइलक्स डिसी ८९ बोतल, स्प्रामोप्रोक्सीभन प्लस ७६८ क्याप्सुल र निट्राभेट ४२० ट्याब्लेट बरामद गरिएको नायब उपरीक्षक कार्कीले बताए।
लागुऔषधसहित पक्राउ परेका उपेन्द्र र हरिशंकरउपर थप अनुसन्धान तथा कानूनी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।