शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा. केसीको अवस्था थप जटिल, माग पूरा नभएसम्म अनशन नतोड्ने

डा. केसीको अवस्था थप जटिल, माग पूरा नभएसम्म अनशन नतोड्ने

त्रिवि शिक्षण अस्पतालले मंगलबार राति केसीको स्वास्थ्यअवस्था बारे जानकारी गराउँदै उनको रगतमा अक्सिजनको मात्रा निकै कम देखिएको जनाएकाे छ ।
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं- चिकित्सा शिक्षा सुधारका माग राख्दै २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ। 

त्रिवि शिक्षण अस्पतालले मंगलबार राति केसीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै उनको रगतमा अक्सिजनको मात्रा निकै कम देखिएको जनाएकाे हाे।

डा. केसीको उपचारमा संलग्न डा. सुवासप्रसाद आचार्यका अनुसार उनको शरीरमा अक्सिजन स्याचुरेसनको मात्रा घटेको छ। 

केसीको श्वासको गति बढेको छ। उनलाइ चक्कर लाग्ने र अत्यधिक थकान महसुस हुन थालेकाे छ। यस्तै रगतमा डब्लूबीसी, सुगरको मात्रा र पोटासियमलगायतका अत्यावश्यक तत्त्व कम भएको  डा. आचार्यले बताए। 

चिकित्सकहरूले डा. केसीको अवस्था खराब हुँदै गएको बताए पनि उनले कुनै उपचार लिन मानेका छैनन्। साथै माग पूरा नभएसम्म्म अनशन नतोड्ने बताउँदै आएका छन्। 
 

प्रकाशित: Oct 07, 2020| 02:19 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।