शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलै नगरी नेकपा सचिवालय बैठक सम्पन्न

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलै नगरी नेकपा सचिवालय बैठक सम्पन्न

सत्तारुढ नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नगरी सकिएको छ। 
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

काठमाडौं– सत्तारुढ नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नगरी सकिएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

यसबारे प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीले बैठकमा कुनै जानकारी पनि नगराएको श्रेष्ठले बताए। 

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा अध्यक्षद्वयले गृहकार्य गरिरहेको र चाँडै टुंगोमा पुर्‍याउने उनको भनाइ छ। बैठकमा राजदूत नियुक्ति, संवैधानिक निकायमा नियुक्ति लगायतका विषयमा सामान्य छलफल भएको थियो। 

यस्तै पार्टीको सांगठनिक एकीकरणका बारेमा छलफल भए पनि कुनै निर्णय नभएको श्रेष्ठले बताए। श्रेष्ठले भने, ‘यसबारे छलफल जारी छ।’ 

बैठकमा प्रधानमन्त्री ओलीले डा. गोविन्द केसीलाई सरकारलाई अनशन अन्त्य गर्न गरेको अनुरोधसहितको विवरण जानकारी गराएका थिए।

केसी र सरकारबीच यसअघि भएका सम्झौता कार्यान्वयन भइसकेको र केही विषय कार्यान्वयन हुन बाँकी रहेकाले कोरोनाले पारेको बहुआयामिक प्रभावतर्फ केन्द्रित भएको र अन्य विषयमा पछि छलफल गर्न सकिने प्रधानमन्त्रीको भनाइ थियो।

 

प्रकाशित: Oct 06, 2020| 12:56 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।