शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकैपटक धेरैको कोरोना परीक्षण गर्न एन्टीजेन विधि अवलम्बन गरिँदै 

एकैपटक धेरैको कोरोना परीक्षण गर्न एन्टीजेन विधि अवलम्बन गरिँदै 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढ्दै गएपछि कोरोना परीक्षण एन्टीजेन किट मार्फत गर्ने भएको छ ।
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढ्दै गएपछि कोरोना परीक्षण एन्टीजेन किट मार्फत गर्ने भएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले एकै पटक ठूलो संख्यामा कोरोना परीक्षण गर्न एन्टीजेन टेस्ट सुरु गर्न लागेको जानकारी दिए । 

नेशनल गाइडलाइन परिर्वतन गर्दै कोरोना परीक्षण एन्टीजेन किट सुरू गर्न लागेको उनले बताए । प्रवक्ता गौतमका अनुसार एन्टीजेन टेस्ट किटबाट मास स्क्रिनिङ गरिन्छ, यस विधिबाट आरटी पीसीआर भन्दा छिटो नतिजा आउँछ।

तुरुन्तै रिपोर्ट चाहिएको अवस्थामा यस विधिबाट कोरोना परीक्षण गरिन्छ, थोरै समयमा धेरैको परीक्षण हुन्छ । एन्टीजेन परीक्षणबाट नेपालमा संक्रमणको अवस्था पत्ता लाग्ने ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.वासुदेव पाण्डेले जानकारी दिए ।

एन्टीजेन परीक्षणमा रगत नभई स्वाबकै नमुना लिइन्छ र नतिजा पनि आधा घण्टामा नै आउँछ । कोरोनाको उच्च जोखिम समूह र स्थानको पहिचान गरी एन्टीजेन परीक्षण गरिने डा. पाण्डेले बताए ।

सरकारले अहिले सम्म चार पटकसम्म कोरोनाको गाइडलाइन परिर्वतन गरेको छ ।
 

प्रकाशित: Oct 06, 2020| 12:17 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।