शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ : ६६६ को परीक्षण गर्दा ३३० जनामा कोरोना संक्रमण 

प्रदेश १ : ६६६ को परीक्षण गर्दा ३३० जनामा कोरोना संक्रमण 

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६६ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १३५ पुरुष र १९५ महिला छन्। 
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६६ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १३५ पुरुष र १९५ महिला छन्। 

दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो। मोरङमा २१०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा तीन, उदयपुरमा दुई, धनकुटा र खोटाङमा एकएक र प्रदेश १ बाहिरका जिल्लाका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार विराटनगरमा १५० जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ६९ महिला र ८१ पुरुष छन्। 

मोरङको सुन्दरहरैचामा १३ महिला र आठ पुरुष, कटहरीमा सात महिला र १२ पुरुष, बूढीगंगामा एक महिला र चार पुरुष, रंगेलीमा एक महिला र दुई पुरुष, धनपालथानमा एक महिला र दुई पुरुष, रतुवामाईमा तीन पुरुष, जहदा, कानेपोखरी र पथरीशनिश्चरेमा एकएक पुरुष र स्थानीय तह नखुलेका तीन पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सुनसरीको धरानमा २८ महिला २६ पुरुष, इटहरीमा ६ महिला १२ पुरुष, इनरुवामा एक महिला चार पुरुष, रामधुनीमा दुई महिला दुई पुरुष, बर्जुमा एक महिला तीन पुरुष, दुहवी, भोक्राहानरसिंह र बराहक्षेत्रमा एक–एक पुरुष, स्थानीय तह नखुलेका एक महिला दुई पुरुषमा कोरोना संक्रमण भएको छ।

झापाको भद्रपुरमा एक महिला पाँच पुरुष, बिर्तामोड र दमकमा तीनतीन पुरुष, हल्दिबारीमा दुई पुरुष, बाह्रदशी, अर्जुनधारा, बुद्धशान्तिमा एक–ए पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । 

संखुवासभाको खाँदबारीमा दुई र चैनपुरमा एक पुरुष, उदयपुरको त्रियुगामा दुई पुरुष, धनकुटा र खोटाङको दिक्तेलमा एक–एक पुरुष र प्रदेश १ बाहिरका दुई महिला र तीन पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार १०५ पुगेको छ।

प्रदेश १ मा मंगलबार ३२ जना डिस्चार्ज भएका छन्। जिल्ला अस्पताल संखुवासभाबाट ३०, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट एकएक जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या चार हजार १२२ पुगेको छ।

प्रकाशित: Oct 06, 2020| 12:04 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।