शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • थुनामा रहेका व्यक्तिलाई छुटाउन ठगी गर्ने नक्कली प्रहरी पक्राउ

थुनामा रहेका व्यक्तिलाई छुटाउन ठगी गर्ने नक्कली प्रहरी पक्राउ

सिरहामा ठगी गर्दै आएका एक नक्कली प्रहरी पक्राउ परेका छन्। 
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

जनकपुरधाम– सिरहामा ठगी गर्दै आएका एक नक्कली प्रहरी पक्राउ परेका छन्। 

जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका अभियुक्तलाई रिहा गराइदिने भन्दै ठगी गर्ने सिरहाको अर्नामा गाउँपालिकाका ३० वर्षीय मो.जाबिरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। 

जाबिरले जबरजस्ती करणी मुद्दामा कारागारमा रहेका शिवकुमार साहलाई आफू मुद्दा फाँटमा रहेकोले रिहा गराइदिने भन्दै ३५ हजार रुपैयाँ ठगी गरेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।  

जाबिरले शिवका भाइ मुकेशकुमार साहसँग शिवलाई कारागारबाट रिहा गराइदिने प्रलोभन दिएर ठगी गरेका थिए। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 06, 2020| 11:53 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।