काठमाडौं– सत्तारुढ नेकपाको सचिवालय बैठक केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
बैठकको कार्यसूची मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकताका बाँकी काम लगायत छन्। असोज ४ गतेको सचिवालय बैठकमा पनि मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डका विषयमा छलफल भएको थियो।
बैठकले मापदण्ड टुंग्याउने जिम्मेवारी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो। अध्यक्षबीच पटकपटक छलफल हुँदा पनि मापदण्डबारे कुनै टुंगो लागेको छैन। आजको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनबारे टुंगो लगाउने बताइएको छ।