भैरहवा- प्रदेश ५ मा दाङबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका ६ जना सांसदले पार्टीको ह्विप नमान्ने बताएका छन्।
प्रदेश राजधानी दाङमा सार्ने सरकारको प्रस्तावको समर्थनमा मतदान गर्ने उनीहरुले निर्णय गरेका छन्।
लेखा समिति सभापति डिल्ली चौधरीसहित दाङका शंकर गिरी र अर्जुनप्रसाद श्रेष्ठले पार्टीको ह्विप उलंघन गरेर दाङको पक्षमा मतदान गर्ने भएका हुन्।
यसैगरी पार्टीका प्रमुख सचेतक सुरेन्द्रबहादुर हमाल (बाँके), बाँकेकै मोहमद याकुब अन्सारी र बर्दियाका भुवनेश्वर चौधरीले पनि पार्टीको ह्विप नमान्ने भएका छन्।
नेपाली कांग्रेस संसदीय दलले बुटवलको पक्षमा मतदान गर्न आज बिहान ह्विप जारी गरेको छ।
अहिले प्रदेश सभाकाे बैठक जारी छ।