शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'राजधानीको प्रस्ताव छापामार शैलीमा ल्याइयो, विपक्षीकाे सम्मान भएन' 

'राजधानीको प्रस्ताव छापामार शैलीमा ल्याइयो, विपक्षीकाे सम्मान भएन' 

बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वीरेन्द्र कनौडियाले सम्बोधन गरेका छन्। 
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

भैरहवा- प्रदेश ५ को संसद् बैठक भर्खरै सुरु भएको छ। बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वीरेन्द्र कनौडियाले सम्बोधन गरेका छन्। 

उनले राजधानीको प्रस्ताव छापामार शैलीमा आएको टिप्पणी गरे। नेपाली कांग्रेस ससदीय दलका नेता समेतरहेका कनौडियाले मुख्यमन्त्रीलाई सधैं सहयोग गर्दागर्दै बहुमतको दम्भ देखाएको आरोप लगाए। उनले भने, 'मुख्यमन्त्री हेर्दा शालिन भए पनि व्यवहार ठिक छैन।' 

नेपाली कांग्रेसलाई बुटवल, दाङ, कपिलवस्तु सबैको चिन्ता भएको उनले बताए। उनले भने, 'कांग्रेसले कुनै भूगोलको लागि वकालत गर्दैन। हामी व्यक्तिगत स्वार्थ भन्दा विधि र कानुनको कुरा गरिरहेका छौं। दाङ कांग्रेसको किल्ला थियो, हो र हुनेछ। हामी दाङको विरोधी होइनौं तर औचित्य पुष्टि गर्नुपर्यो। 

मुख्यमन्त्रीमाथि हमला, संसदमा तोडफोड, सभामुखमाथि माइक फाल्ने कार्यको जड सत्तापक्षको दम्भले सृजना भएको उनले तर्क गरे। 

'प्रदेश ५ सरकारले विपक्षीको सम्मान गरेन। विपक्षी ५ जना, २ जना, १ जना भए पनि कुरा सुनिनुपर्छ। सत्ताको दम्भ देखाउन हुँदैन। संसदीय मूल्य मान्यता कायम राखेर अगाडि बढ्नुपर्छ,' उनले भने। 

प्रकाशित: Oct 06, 2020| 08:03 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।