शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश ५ राजधानीबारेको प्रस्तावमा संशोधन प्रस्ताव दर्ता 

प्रदेश ५ राजधानीबारेको प्रस्तावमा संशोधन प्रस्ताव दर्ता 

प्रदेश ५ को स्थायी राजधानी दाङमा बनाउने सरकारको प्रस्तावविरुद्ध सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका छन्।
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

भैरहवा- प्रदेश ५ को स्थायी राजधानी दाङमा बनाउने सरकारको प्रस्तावविरुद्ध सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका छन्।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको तर्फबाट संसदमा दर्ता गरेको प्रस्तावमाथि नेपाली कांग्रेसका सांसदहरु रमा अर्याल, जसपा संसदीय दलका नेता सहसराम यादव, कांग्रेस सासद पुष्पा थरुनी र जसपाका पुरमति ढेगामगरले संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

रमा अर्याल र पुष्पा थरुनीले रुपन्देही राजधानी हुनुपर्ने प्रस्ताव गरेका छन्। उनीहरुले पाल्पा, नवलपरासी, कपिलवस्तु, रुपन्देहीको चार किल्ला तथा जनसंख्या, व्यापारिक केन्द्र , अन्तर्राष्ट्रिय विमानस्थल, सडक सञ्जाल, शिक्षा, स्वास्थ्य र रोजगारी उद्योगको कारण रुपन्देही राजधानी हुनुपर्ने दाबी गरेका छन्।

यसैगरी जसपाका नेता सहसराम यादव र पुरमति ढेगामगरले प्रदेश सरकारले पेश गरेको लुम्बिनी नामका सम्बन्धमा संशोधन प्रस्ताव दर्ता गरेका छन्। उनीहरुले थरुहट अवध मगरात नाम हुनुपर्ने माग गरेका छन्।

प्रकाशित: Oct 06, 2020| 07:38 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।