सप्तरी- सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ।
राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुुबै जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
गाउँपालिकाका अध्यक्ष ६० वर्षीय पुरुष र कृषि शाखाका संयोजक ५७ वर्षीय पुरुषमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले अर्को सूचना नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको बताए।
स्वास्थ्य कार्यालय सप्तरीले गाउँपालिकाका अध्यक्षसहित उनका ४० वर्षीय छोरा, १५ र आठ वर्षीय नाती, ४० वर्षीय चालक तथा कृषि शाखाका संयोजक आइतबार कोरोना सङ्क्रमित भएको जानकारी दिए।