शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चार वर्षपछि भेटियो चन्दननाथबाट हराएको मूर्ति, तीन  पक्राउ

चार वर्षपछि भेटियो चन्दननाथबाट हराएको मूर्ति, तीन  पक्राउ

प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक  चन्दननाथ मन्दिरबाट चोरी भएको दुई थान मूर्ति चार वर्षपछि फेला पारेको छ । 
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

जुम्ला- प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक  चन्दननाथ मन्दिरबाट चोरी भएको दुई थान मूर्ति चार वर्षपछि फेला पारेको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाको संयुक्त अनुसन्धान टोलीले दुई थान मूर्तिसहित तीन जनालाई सोमबार पक्राउ गरेको छ । 

विसं २०७३ मंसीर ११ गते राती जुम्ला चन्दननाथ नगरपालिका ५  खलंगास्थित चन्दननाथ मन्दिरबाट  मूर्ति चोरी  भएका थिए ।  

पक्राउ पर्नेमा चन्दननाथ १० बोहोरा गाउँका ३२ वर्षीय सुशील विष्ट, २३ वर्षीय सुदिप रावल र तातोपानी गाउँपालिका ८ का २८ वर्षीय जयलाल थापा रहेका  प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिए । 

उनले अभियुक्त विष्टको बोहोरागाउँमा रहेको जग्गामा सुकेको घाँसको थुप्रोको बीचमा खादामा बेरी राखेको अवस्थामा चोरी भएका मूर्तिहरु प्राप्त भएको बताए । 

प्रवक्ता वास्तोलाले चोरी भएका मूर्तिहरु चाँदीको जस्तो देखिने धातुको रहेको र  पक्राउ परेकाहरुको सम्बन्धित जिप्रकाबाट अनुसन्धान भइरहेको उनको भनाई थियो ।

जिप्रका जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले विसं २०४१ कार्तिक ८ गते मिति उल्लेख गरिएको ४५० ग्राम मूर्ति फेला परेको बताए । 

मूर्ति चार हात भएको दायाँको माथिल्लो हातमा तरवार, तल्लो हातले आशीष दिएको जस्तो, बायाँ माथिल्लो हातमा एक तीरको तोखो भाग भाँच्चिएको त्रिशुल भएको तल्लो हातमा पाला (दियो) भएको, पाँच ईन्च उचाई पाँच ईन्च गोलाई भएको भगवतीको चाँदी जस्तो देखिने धातुको रहेको उहाँले जानकारी दिए ।

उनले संस्कृत भाषामा लेखिएको एकिन नबुझिएको सावत गिरि संवत् १९३४ बैशाख भन्ने मात्र बुझिने चार हात भएको  बताए ।

मूर्तिको दायाँ माथिल्लो हातमा चक्र जस्तो लिएको तल्लो हातमा कमलको फुल बाँया माथिल्लो हातमा गुर्जा, तल्लो हातमा गदा लिएको, कम्मरसम्म मालाजडित टाको र दुवै कानमा पँहेलो जलप लगाएको, वरपर फुलबुट्टे घेरामा छत्र मुकुटको जडित घेरा भएको, उचाई सात ईन्च, गोलाई ९.५ ईन्च भएको चाँदी जस्तो देखिने धातुको भगवानको ८९० ग्राम तौल अर्को मूर्ति फेला पारिएको उहाँले जानकारी दिए ।  -रासस

प्रकाशित: Oct 06, 2020| 05:53 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।