शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • २० वर्ष पूरा गरेको अवसरमा माछापुच्छ्रे बैंकको ट्वान्टी–ट्वान्टी स्मार्ट योजना

२० वर्ष पूरा गरेको अवसरमा माछापुच्छ्रे बैंकको ट्वान्टी–ट्वान्टी स्मार्ट योजना

 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

काठमाडौं- स्थापनाको २० वर्ष पुरा गरि २१ औं वर्षमा प्रवेश गरेको अवसरमा माछापुच्छ्रे बैंकले ग्राहक लक्षित २०–२० (ट्वेन्टी–ट्वेन्टी) स्मार्ट योजना सञ्चालनमा ल्याएको छ । चाडबाडको समयमा हुने किनमेललाई ध्यानमा राख्दै बैंकले बैंकका कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताले क्यासब्याक अफर सञ्चालनमा ल्याएको हो ।

अफर योजनाअनुसार बैंकको कार्डबाट पीओएस वा ई–कमर्स साइटमा भुक्तानी गर्दा साथै मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत वा बढिमा २ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिन्छ ।

 

 

बैंकको २० औं वार्षिकोत्सवको अवसरमा २० दिनसम्म सञ्चालन हुने २० प्रतिशत क्यासब्याक अफरमा सहभागी भई क्यासब्याक पाउन ग्राहकले क्यासब्याक अवधिभर कम्तीमा २ सय रुपैयाँबरावरको २ वटा छुट्टाछुट्टै कारोबार गरेको हुनुपर्छ ।

बैंकको देशभर १ सय ६० शाखा, १ सय ३३ शाखारहित बैंकिङ सेवा, ५ एक्सटेन्सन काउन्टर, १ सय ९९ वटा एटीएम र १५ सय भन्दा बढी पीओएसको सञ्जाल छ ।

प्रकाशित: Oct 06, 2020| 05:05 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्