शनिबार, भदौ १३, २०८३

विराटनगर विमानस्थल स्तरोन्नति हुने

मोरङको विराटनगर विमानस्थल स्तरोन्नति गरिने भएको छ। 
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं– मोरङको विराटनगर विमानस्थल स्तरोन्नति गरिने भएको छ। 

आज बिहान सरकारले प्रदेश–१ र विराटनगर महानगरपालिकासँग विमानस्थल स्तरोन्नति गर्ने सम्झौतामा हस्ताक्षर गरेको हो। 

सम्झौतामा विराटनगर महानगरपालिकाका प्रमुख कार्यकारी इन्द्रमणि पोखरेल, प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले र नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले हस्ताक्षर गरेका छन्। 

सम्झौतामा विमानस्थल विस्तार गरी अन्तर्राष्ट्रियस्तरका बनाउने उल्लेख गरिएको छ। विराटनगर विमानस्थलमा अहिले ७२ सिट क्षमताका जहाज उडान र अवतरण गर्न सक्छन्। विस्तार गरेर भारतलगायत छिमेकी देशमा उडान गर्ने लक्ष्य राखिएको छ।  

सम्झौताअनुसार एक हजार ५०० मिटर लम्बाइ रहेको धावनमार्ग विस्तार गरेर तीन हजार मिटर बनाइने छ। त्यस्तै टर्मिनल भवन, ट्याक्सी वे र आगमन कक्षको स्तरोन्नति हुनेछ। 

विराटनगरबाट अहिले काठमाडौं, तुम्लिङटार, ताप्लेजुङ, फाप्लु, भोजपुरलगायत स्थानमा उडान भइरहेको छ।   
 

प्रकाशित: Oct 05, 2020| 06:25 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्