शनिबार, भदौ १३, २०८३

सुनको मूल्य चार सय रुपैयाँ घट्यो 

सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। 
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं– सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलाको ९४ हजार १०० तोकिएको छ। आइतबार ९४ हजार ५०० मा कारोबार भएको थियो। 

तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले कमी आएको छ। आइतबार ९४ हजारमा कारोबार भएको तेजाबी सुन आज ९३ हजार ६०० मा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने आइतबारकै कायम छ। आइतबार चाँदी एक हजार १८० थियो। आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ। 
 

प्रकाशित: Oct 05, 2020| 05:53 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्